शाओमीको रिटेलर्स मिट
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो वार्षिक रिटेलर्स मिट सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना रिटेलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौंको हायात रेजेन्सीबाट भदौ २४ गतेदेखि सुरु भएको यस वर्षको रिटेलर्र्स मिटको क्रमशः भदौ २६ मा इटहरी, भदौ २८ मा नेपालगञ्ज र भदौ ३० मा पोखरामा आयोजना भएको कम्पनीले जनाएको छ । देशभर रहेका आफ्ना रिटेलरहरूसँग सहकार्य गर्नुका साथै अहिलेसम्म हासिल गरेका उपलब्धिहरू मनाउने उद्देश्यले यस रिटेलर्स मिटको आयोजना गरिएको शाओमीले जानकारी दिएको छ । रिटेलर्र्स मिटमा लाइभ म्युजिक, नृत्य प्रस्तुतिहरू र अन्य अन्तक्र्रियात्मक क्रियाकलापहरू राखिएका थिए । यस रिटेलर्स मिटले देशभरका रिटेलरलाई शाओमीको लिडरसिप टिमसँग अन्तर्क्रिया गर्न, बजारस्थितिको बारीमा छलफल गर्न र नयाँ अवसरहरूको खोजी गर्ने मौका दिएको छ । यस रिटेलर्स मिटले शाओमी ब्रान्ड र यसको रिटेलर नेटवर्क दुवैलाई निरन्तर संवादमा रहन तथा विभिन्न समस्याहरूको समाधानमा सहकार्य गर्न मद्दत पुर्याएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया