Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्काइवर्थको दशैँ–तिहार अफर

स्काइवर्थको दशैँ–तिहार अफर


काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले दशैँ–तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसरमा ‘स्काइवर्थ सपना साकार, दशैँ–तिहारको बहार, बम्परमा कार उपहार’ नामक अफर ल्याएको हो । यो अफरमा ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् । साथै, विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्नेछन् भने अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरजस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउने गरेको जनाएको छ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । यो कात्तिक ३० गतेसम्म लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x