Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदभैँसेपाटी स्पोर्ट्स एकेडेमी

भैँसेपाटी स्पोर्ट्स एकेडेमी


काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकना सिकालीमार्गमा निर्माण भएको भैँसेपाटी स्पोट्र्स एकेडेमी सञ्चालनमा आएको छ । दुई करोड ५० लाख रुपैयाँको लगानीमा सो एकेडेमी निर्माण गरिएको हो ।

एकेडेमीमा ब्याडमिन्टन, सौना, स्टिमलगायत सुविधा उपलब्ध छ । एकेडेमीको ललितपुर महानगरका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले संयुक्तरूपमा उद्घाटन गरेका थिए । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा दुई वटा ब्याडमिन्टन कोर्ट रहेका छन् । कोर्टभित्र फिटनेसका विभिन्न सामग्री राखिएको छ । कोर्टमा आवश्यकताअनुसार टेबल टेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिए ।

सैंबु, भैसेपाटी, बुंगमति र खोकना क्षेत्रका बासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमीको सुरुवात गरेको उनले बताए । युवापुस्ता र स्कुले बालबालिकालाई समेत प्रशिक्षण गर्न मिल्ने गरी स्पोर्ट्स एकेडेमी सञ्चालन गरेको उनले बताए । करिब छ महिनामा अवधिमा तयार भएको एकेडेमी सो क्षेत्रको सबैभन्दा ठूलो हो । दुई करोड ५० लाखको लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे दुई करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको उनले बताए ।

पूर्वराष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले पेट घटाउने खेलका रूपमा मात्र ब्याडमिन्टन नभई नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने बताए । ब्याडमिन्टन बुढाले खेल्ने मात्र हुन थालेको बताउँदै यस खेलमा युवालाई समेत आकर्षण गर्न योजना ल्याउनुपर्नेमा जोड दिए । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठले ब्याडमिन्टन प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीसँगको सहकार्यलाई पनि प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनले यस एकेडेमीबाट उपलब्ध खेलाडीलाई रेफ्रीको रूपमा तालिम दिन संघ तयार रहेको जानकारी दिए । संघका पूर्वअध्यक्ष प्रकाशबहादुर शाहीले नेपालको ब्याडमिन्टन विकासका लागि यो एकेडेमी कोशेढुङ्गा सावित हुने बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x