Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर


वासिङटन । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा ५० आधार अङ्कले कटौती गरेको छ । अब ब्याजदर चार दशमलव ७५ देखि पाँच प्रतिशत कायम भएको छ । फेडले सन् २०२० मार्चयता अहिले पहिलो पटक ब्याजदर घटाएको हो । फेडले मुद्रास्फीति नियन्त्रण गर्न २०२२ मार्चदेखि २०२३ जुलाइसम्म ११ पटक ब्याजदर बढाएको थियो ।

गत वर्ष फेडरल रिजर्भले आफ्नो नीतिगत निर्णयमा लगातार तेस्रो पटक ब्याजदरलाई यथावत् राखेको थियो । २०२३ जुलाई २६ मा, फेडले बजारको अपेक्षाअनुसार पाँच दशमलव २५ देखि पाँच दशमलव ५० प्रतिशतकोे दायरामा नीति दर अपरिवर्तित राखेको थियो ।

तर, फेडले पनि सन् २०२४ मा दर कटौती हुने र चार दशमलव छ प्रतिशतमा झर्ने सङ्केत गरेको थियो । फेडले मुद्रास्फीतिलाई सम्बोधन गर्न २०२२ मार्च देखि दरहरू बढाउन थाल्यो । गत वर्ष जुलाईसम्ममा यी दरहरू २३ वर्षयताकै उच्चस्तरमा पुगेका थिए ।

ब्याजदरमा कटौती हुँदा अमेरिकाको आर्थिक स्वास्थ्यको बारेमा चिन्ता बढाउन सक्ने र लगानीकर्ताहरुको मनोबल घटाउन सक्ने जोखिम हुन सक्छ । यस्तै सेयर बजार बढ्न सक्छ भने डलरको भाउमा गिरावट आउन सक्छ । रिपोर्टहरूका अनुसार, फेड अधिकारीहरूले सङ्केत गरेका छन् कि अब श्रम बजार डेटाले मुद्रास्फीतिको सट्टा उनीहरूको निर्णयहरूमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

कुनै पनि केन्द्रीय बैंकले मुद्रास्फीतिसँग लड्न शक्तिशाली उपकरणको रुपमा नीतिगत दरलाई प्रयोग गर्छ । जब मुद्रास्फीति धेरै उच्च हुन्छ, केन्द्रीय बैंकले नीति दर बढाएर अर्थव्यवस्थामा मुद्रा प्रवाह घटाउने प्रयास गर्दछ ।

नीतिगत दर बढ्यो भने बैंकहरूले केन्द्रीय बैंकबाट लिने कर्जा महँगो हुन्छ । बदलामा, बैंकहरूले आफ्ना ग्राहकहरूको लागि ऋण महँगो बनाउँछन् । यसले अर्थतन्त्रमा पैसाको प्रवाह घटाउँछ । मुद्रा प्रवाह घट्यो भने माग घट्छ र मुद्रास्फीति घट्छ ।

त्यसैगरी अर्थतन्त्र खराब चरणबाट गुज्रिरहेको अवस्थामा पुनःप्राप्तिको लागि मुद्रा प्रवाह बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले नीतिगत दर घटाउँछ । जसका कारण बैंकहरूले केन्द्रीय बैंकबाट प्राप्त कर्जा सस्तो हुने र ग्राहकले पनि सस्तो दरमा कर्जा पाउँछन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x