वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
वीरगञ्ज, वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो ।
प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने ।
भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया