Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिदशैंको साइत २६ गते बिहान ११:३६ बजे

दशैंको साइत २६ गते बिहान ११:३६ बजे


काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी बिसर्जनको साइत रहेको समितिले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्नेछ ।

यस वर्षको नवरात्र अर्थात् दशैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ । असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैँ समापन हुनेछ ।


क्याटेगोरी : कला / संस्कृति, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x