Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय

धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय


काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय भएका छन् । उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भइसकेको भेटिएको छ ।

विसं २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जन भू–माफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जा समेत भएको जग्गामा भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजनाअन्तर्गत कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बुझिएको छ ।

मेयर बालेन शाहसँग रिसिइबी साट्न विद्यालयलाई नै धराशायी बनाउने योजना आफैँमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीयले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x