Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबट्टार सहकारीको वार्षिकोत्सव सम्पन्न

बट्टार सहकारीको वार्षिकोत्सव सम्पन्न


काठमाडौं । नुवाकोटको मुटु बट्टारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २८औँ वार्षिक उत्सव मनाएको छ । सहकारीले आफ्ना सम्पूर्ण सदस्यहरू, नियमन निकाय एवं कार्यरत कर्मचारी, शुभचिन्तक सहकारीकर्मीमा २८औँ स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै अझै गुणस्तरीय सेवा सुविधा प्रदान गर्दै सदस्यको हितलाई नै सर्वोपरी ठानेको र आउने दिनमा सदस्यको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा अझै वृद्धि गर्न संस्था लागिपरिरहने जानकारी दिएको छ ।

त्यस्तै, संस्थाले आफ्नो २८ वार्षिक उत्सवको उपलक्ष्यमा जनता फर्मास्युटिकल्स प्रालि काठमाडौंको प्राविधिक सहयोगमा बिदुर ४ बट्टार नुवाकोटमा रहेको आफ्नै भवनमा मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) र उनको टिमबाट आफ्ना सदस्यलाई मुटु प्रेसर सुगरसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरसहित निःशुल्क औषधि वितरण समेत गरेको छ । संस्थाका अध्यक्ष टलक मान श्रेष्ठले यस्ता चेकजाँचले सदस्यले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पूर्वजानकारी पाउने भएकाले केही समस्या भएको भए तुरुन्तै थप सतर्कता र उपचारमा सहजता हुने जानकारी गराए भने यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने समेत सो संस्थाका व्यवस्थापक हरिप्रसाद जोशीले बताए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x