भायनेटको महामहोत्सव अफर
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसनले ‘भायनेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसर पारेर ग्राहकहरूको लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याएको हो । महोत्सवअन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टा त्यही मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्नेछन् ।
यस्तै, वार्षिक आठ हजार नौ सय ९९ रुपैयाँमा भायनेटले आफ्ना अहिलेका एक सय २५ एमबीपीएस सब्सक्राइब गर्ने वार्षिक ग्राहकलाई दुई सय एमबीपीएसमा अपग्रेड गरिसकेको जनाएको छ । साथै, भायनेटले ग्राहकको घरभरि वाइफाई कभरेज बढाउनलाई जेटटीईको मेस वाइफाइमा अफर ल्याएको छ । ग्राहकहरूले मेस वाइफाई राउटरमा दुई वटा सेटलाई एकको मूल्यमा पाउन सक्नेछन् । यसको लागि मात्र तीन हजार रुपैयाँ (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ । यो मेस अफर भायनेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको कम्पनीले जनाएको छ ।
यस्तै, भायनेटका तीन महिनाभन्दामाथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरूले टिभी ब्रान्ड हाइसेन्सको टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलेक्ट्रोनिक्स सामानहरूमा २८ प्रतिशतसम्म डिस्काउन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
- सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक
- नेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने
- टीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया