Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा भिभो भि४० सार्वजनिक

नेपालमा भिभो भि४० सार्वजनिक


काठमाडौं । भिभोले नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन भिभो भि४० सार्वजनिक गरेको छ । कम्पनीले हालै काठमाडौंस्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी भिभो–भी४० सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार भिभो भि४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो, यसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ । भिडियोप्रेमीका लागि जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो संकलन गर्न उत्कृष्ट हुने छ । यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्छ । जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफीतर्फ भने यसमा एफ्/१.८८ अपर्चरसहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू यसबाट लिन सकिन्छ । एआई थ्रीडी स्टुडियो लाइटिङद्वारा बढाइएको भि४० ले इनडोर र ब्याकलिट पोर्ट्रेटहरूका लागि आवश्यक लाइटको व्यवस्था गर्छ ।

भिभो भि४० फोटोग्राफी क्षमताका लागि मात्र होइन, आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेकोे छ । थ्रिडी कर्भ स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज भएको यो फोन ७.५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो । यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६० दशमलव सात प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ । यसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ थप राम्रो देखिएको छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । यसमा एजी फ्लोराइट शिमर र एन्टी–फिङ्गरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित, भिभो भि४० मा १२/१२ जीबीको विस्तारित र्याम रहेको छ । यसको मूल्य नेपालमा ६५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन प्रि–बुक गर्दा विभिन्न उपहारले समेत पाइने छ । प्रि–बुक गर्ने ग्राहकलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टी पाउने कम्पनीले जनाएको छ । प्रि–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुला रहने छ । पहिलो बिक्री सेप्टेम्बर २५ मा सुरु हुने र सो दिनदेखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x