Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक २५ सय ८८ बिन्दुमा

बजार परिसुचक २५ सय ८८ बिन्दुमा

११ अंकले उकालो लाग्दा पाँच अर्ब नौं करोडको शेयर खरिद–बिक्री


काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ११ दशमलव ५८ अंकले उकालो लागेर २५ सय ८८ दशमलव ३५ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० प्रतिशतले बढेर चार सय ६३ दशमलव ४३ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार नौं सय ५७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब नौं करोड २९ लाख ४८ हजार छ सय ९० रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, जलबिद्युत, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेपनि फाईनान्स, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x