Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाकाठमाडौं विश्वविद्यालयमा हल्ट प्राइजको नवौं संस्करण

काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइजको नवौं संस्करण


काठमाडौं । काठमाडौं विश्वविद्यालयले २०२४/२५ का लागि हल्ट प्राइज आफ्नो नवौँ संस्करण सुरु गरेको छ । सो कार्यक्रमको हालै केयुको केन्द्रीय क्याम्पसको हलमा उद्घाटन गरिएको थियो । हल्ट प्राइज प्रतियोगिता आगामी पाँच महिनासम्म जारी रहने जनाइएको छ । यस वर्षको विषयवस्तु ‘असीमित’ रहेको छन् । विगतका वर्षमा जस्तो यस वर्ष सहभागीहरू कुनै निश्चित लक्ष्यमा मात्र सीमित छैनन् ।

सहभागीहरूलाई असीम सम्भावनाहरू अन्वेषण गर्ने र दिगो विकासका लक्ष्यहरूमध्ये कम्तीमा एक लक्ष्यसँग मिल्ने नवीन विचारहरू विकास गर्ने स्वतन्त्रता छ । सो कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विभिन्न विद्यालय र सम्बद्ध कलेजहरूका २४ जना सहभागी हुनेछन् । उक्त टोलीले क्याम्पस निर्देशक श्रीजु मानन्धर र उप क्याम्पस निर्देशक श्रीधी न्यौपानेको नेतृत्वमा तथा सल्लाहकार, सहायक प्राध्यापक डा विभुरत्न तुलाधरको रणनीतिक सहयोग र मार्गदर्शनमा सबै सहभागीहरूका लागि सहयोगी र प्रभावकारी अनुभव सुनिश्चित गर्नेछ ।

हल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूलाई महत्वपूर्ण सामुदायिक चुनौती र सामाजिक मुद्दाहरूका नवीन समाधानहरू विकास गर्न सशक्त बनाउने विश्वव्यापी प्रतिस्पर्धा हो । प्रत्येक वर्ष प्रतियोगिता एउटा फरक सामाजिक चुनौतीमा केन्द्रित हुन्छ र साथै सहभागी टोलीहरूले यी मुद्दाहरूलाई महत्वपूर्णरूपमा प्रभाव पार्न सक्ने व्यापार मोडेलहरू सिर्जना गर्न काम गर्छन् । प्रतियोगितामा स्थानीय, क्षेत्रीय र विश्वव्यापी फाइनल कार्यक्रमसहित धेरै चरणहरू समावेश हुन्छन् । ग्लोबल फाइनलका विजेताले आफ्नो नवीन स्टार्टअप अवधारणालाई वास्तविक उद्यमहरूमा परिणत गर्न एक मिलियन डलर कोष प्राप्त गर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x