Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित

टीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित


काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारणसभाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्र वीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेश कुमार जोेशी र सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका थिए । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्य समेत भईसकेका छन् । नौ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचारविरुद्धको राजनीतिक प्रतिबद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिकस्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रणतर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ । वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनुपर्ने, सहकार्य सशक्त गराउनुपर्नेजस्ता कुरामा जोड दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x