Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक


काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिना भएको बारे गठन भएको संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । एमाले सांसद सूर्य थापा संयोजक रहेको समितिले तयार पारेको प्रतिवेदन बिहीबार संघीय संसद्को वेबसाइटमार्फत सार्वजनिक भएको हो ।

छानबिन समितिले सहकारी संस्थाको रकम कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हाल रास्वपा सभापति रवि लामिछाने र तत्कालीन सञ्चालक छविराज जोशीलाई कारबाहीको सिफारिस गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x