Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने

आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने


वासिंटन । एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटरविना नै आफ्नो उपकरणहरू पुनस्र्थापना गर्न अनुमति दिन्छ ।

यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस एप्पलद्वारा विशेषरूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो । यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो ।

‘नाइनटुजीरो’ माइकको खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन –१६ मोडेलहरूमा आईओएस प्रणाली गैर–कार्यात्मक हुँदा पनि पुनस्र्थापना सुरु गर्न सम्भव बनाउँछ । नाइनटुजीरो आईफोन, आईप्याडको लागि अग्रणी समाचार वेबसाइट हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x