श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
कोलम्बो । श्रीलंकामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो । मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । यसका लागि करिब ६३ हजार प्रहरी अधिकारीलाई निर्वाचनको लागि तैनाथ गरिएको थियो ।
राष्ट्रपति चुनावमा एक करोड ७० लाखभन्दा बढी व्यक्ति मतदान गर्न योग्य रहेको र दिउँसो २ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेन भने दोस्रो चरणको मतगणना हुन्छ ।
दोस्रो चरणको मत गणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवारमध्ये मतदाताहरूको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ ।
सन् २०१९ को नोभेम्बरमा राष्ट्रपतिको चुनाव जितेका गोटबाया राजपाक्षले सन् २०२२ को जुलाईमा देशमा गम्भीर आर्थिक सङ्कटका बीच भएको आन्दोलनपछि पदबाट राजीनामा दिएका थिए । राजपाक्षेको राजीनामापछि संसद्मा भएको निर्वाचनबाट विक्रमासिङ्घे राष्ट्रपति निर्वाचित भएका थिए । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया