इजरायली सेनाले वेस्ट बैंकमा अल जजिरा टीभी बन्द गरायो
रमल्लाह । वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ ।
अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।
अक्टोबर ७ मा हमास लडाकूहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ । इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।
अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थितरूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अध्यक्ष दाहालद्वारा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई
- प्रहरी महानिरीक्षक कुँवर मित्रराष्ट्र ग्रीस प्रस्थान
- भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्ने
- न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
- परराष्ट्रमन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
- कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाह र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
- नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे छलफल
- प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया