Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता विजयी

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता विजयी


कोलम्बो । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । निर्वाचन आयोगले दोस्रो चरणको मतगणनापछि उनको जित घोषणा गरेको हो । उनले आज (सोमबार) राष्ट्रपति पदको शपथ लिने बताइएकोे छ । दिसानायके श्रीलंकाको दशौँ राष्ट्रपति बनेका छन् ।

श्रीलंकामा सेप्टेम्बर २१ मा चुनाव भएको थियो । श्रीलंकाको चुनावी इतिहासमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाएको यो पहिलो पटक हो । त्यसपछि दोस्रो चरणको मतगणना भएको थियो ।

निर्वाचन आयोगले दोस्रो चरणमा मतदाताहरुले दोस्रो र तेस्रो रोजाइमा राखेका उम्मेदवारहरुको मतको गणना गरेको थियो । मतदाताहरुलाई आफ्नो रोजाइको क्रमअनुसार तीन जना उम्मेदवार छान्न दिइएको थियो ।

राष्ट्रपति निर्वाचनमा दिसानायके र सजित प्रेमदासले सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि यी दुई उम्मेदवारबीच अन्तिम प्रतिस्पर्धा भयो ।

श्रीलंकाको वेबसाइट डेली मिररका अनुसार पहिलो चरणमा अनुरा दिसानायकेले करिब ४२ दशमलव तीन प्रतिशत, विपक्षि नेता साजिथ प्रेमदासाले ३२ दशमलव आठ, रनिल विक्रमासिंघेले १७ दशमलव तीन प्रतिशत मत पाएका छन् ।

अनुरा कुमारा दिसानायके वामपन्थी पार्टी जनता विमुक्ति पेरामुना (जेभीपी)का नेता हुन् । उनले राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनको तर्फबाट राष्ट्रपतिको चुनाव लडेका थिए । पछिल्लो निर्वाचनमा यो गठबन्धनले तीन प्रतिशत मात्रै मत ल्याएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x