सीबीआईएल सेक्युरिटिजको साधारणसभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार आफ्नो कार्यालय परिसरमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका चिफ फाइनान्स अफिसर प्रमेशराज कायस्थको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात र मिति २०८० साउन १ देखि २०८१ असार ३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरिएको छ । साथै, कम्पनीले गत वर्षहरूको सञ्चित मुनाफा तथा आव २०८०।८१ को वितरण योग्य मुनाफाबाट असार मसान्त २०८१ मा कायम रहेको चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं ९१) सीबीआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट आफ्ना ग्राहकलाई धितोपत्र कारोबार सेवा दिँदै आइरहेको छ । साथै, कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरूमार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
- पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
- इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया