प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
काठमाडौं । प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्लस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको आइतबार एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी र होटल संघ नेपालका अध्यक्ष विनायक शाहले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोर्डका सीईओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले बताए । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । होटल संघका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए । होटल व्यवसायी महासङ्घका अध्यक्ष शंकर भण्डारीले पारिवारिक वातावरणमा स्तरीय सेवा दिइरहेको जानकारी दिए । विसं २०६२ देखि हस्पिटालिटी सेवा सुरु गरेको ग्रुपले १८ वर्षमा काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा १५ आउटलेट विस्तार गरेको छ । स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा, स्वादिस्ट खाना भन्ने अवधारणाका साथ लगानी विस्तार गरी स्तरीय सेवा दिने कम्पनीले उल्लेख गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढंगले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताए । तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ । लुम्बिनी, चितवन हँुदै गन्तव्यमा जाने लक्ष्य छ । त्यसका लागि गैरआवासीय संघले सम्झौता गरेको उनले जानकारी दिए । करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया