काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
काठमाडौं । काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । ललितपुरको हिमालयन होटलमा शनिबार र आइतबार सो सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको एक विशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा विश्वविद्यालयका प्राध्यापकहरूलाई नीति निर्माण तहमा संलग्न गराउन नसक्दा राज्यले माटो सुहाउँदो नीति निर्माण गर्न नसकेको बताए । यस्तै, उनले आगामी दिनमा विज्ञ र कार्यकारी निकायबीचको दूरी कम गराउने प्रतिबद्धता जनाए । यसअघि नै शनिबार विश्वविद्यालयका विद्यार्थीहरूमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘युथ सेसन’को आयोजना गरिएको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), एसिया–प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय सूचना र नेटवर्किङ केन्द्र (इचक्याप), त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संयुक्तरूपमा सो सेमिनार आयोजना गरिएको हो । कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको सुरक्षाका लागि एसिया–प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जालभित्र जोडिएका १२ देशका २० विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदा र पूर्खाहरूबीचको वास्तविक सम्बन्ध र जलवायु परिवर्तनले पारेको असरसँग कसरी जुधिरहेका छन् भन्ने बारेमा सेमिनारका संयोजक एवं त्रिवि संस्कृति केन्द्रीय विभागको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक डा. अभिजित थापाले आफ्नो धारणा राखेका थिए । यस्ता कार्यक्रमहरूले त्रिविलाई अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गर्न सहयोग मिल्ने उनले बताए । यस्तै, सेमिनारमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख डा महेश कुमार आचार्यले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभाग संस्कृति र पुरातत्वको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएर काम गर्न तयार रहेको बताए । उनले यस्ता निकायसँगको समन्वयले विज्ञता र कार्यान्वयन पक्षलाई समेतसँगै लैजान सहयोग मिल्ने उल्लेख गरे ।
कार्यक्रममा इच्क्यापको अफिस अफ को–अप्रेसन एन्ड नेटवर्किङकी निर्देशक बोयोङ चाले एसिया प्यासिफिक क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा इचक्यापले खेलको भूमिकाबारे प्रकाश पारेकी थिइन् । त्यस्तै, कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि मिचेल क्राफ्टले नेपालको अमूर्त सम्पदामा युनेस्कोले खेलेको भूमिकाबारे जानकारी दिए । कार्यक्रममा एपेन इचका सचिव नीलकमल चापागाईंले एपेन इचले अमूर्त सम्पदाको संरक्षणमा खेलेको भूमिकाको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा खड्ग केसी, विश्वविद्यालयका पूर्व रजिस्ट्रर प्रा पेशल दाहाल, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रर प्रा अच्युत वाग्लेलगायतले धारणा राखेका थिए । सेमिनार आइतबार सम्पन्न भए पनि एपेन इचको साधारणसभा भने सोमबार सम्पन्न हुने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया