Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२५ सय बिन्दुमा खुम्चियो शेयर बजार

२५ सय बिन्दुमा खुम्चियो शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दुमा खुम्चिएको छ । अघिल्लो दिन दोहोरो अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने ५९ दशमलव शुन्य दुई अंकले ओरालो लागेर २५ सय २९ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव शुन्य एक अंकले ओरालो लागेर चार सय ५४ दशमलव ४१ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय २९ वटा कम्पनीहरुको ७७ हजार एक सय ५३ पटक शेयर किनबेच भएको छ । जसबाट आज एक करोड ३५ लाख ३५ हजार नौं सय तीन कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x