Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाढे दुई करोड पुग्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

साढे दुई करोड पुग्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या


काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)सम्म मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या दुई करोड ४९ लाख ६१ हजार एक सय ६५ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ लाख ६९ हजार छ सय ९१ ले बढी हो । राष्ट्र बैंकका अनुसार एउटै व्यक्तिको एकभन्दा बढी बैंकमा खाता सञ्चालनमा रहेकोले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पनि उच्च देखिएको हो ।

वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या दुई करोड १४ लाख १३ हजार तीन सय ३४ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ लाख छ सय ३९ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको कुल संख्या एक करोड ८७ लाख १२ हजार छ सय ९५ थियो ।

विकास बैंकहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूको संख्या ३३ लाख १० हजार छ सय ७४ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार लाख ८९ हजार चार सय ५८ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा मोबाइल बैंकिङ प्रयोकर्ताको संख्या २८ लाख २१ हजार दुई सय १६ थियो । फाइनान्स कम्पनीहरूमा पछिल्लो समय मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई लाख ३७ हजार एक सय ५७ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९ हजार पाँच सय ९४ वटाले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा मोबाइल बैंकिङ प्रयोकर्ताहरूको संख्या एक लाख ५७ हजार पाँच सय ६३ थियो ।

समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूको संख्या भने १९ लाख ६२ हजार आठ सय २७ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ हजार सात सय ८१ वटाले मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ग्राहकको संख्या १८ लाख ८७ हजार ४६ वटा छ । यसमध्ये वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ता १३ लाख ६२ हजार तीन सय ४४ छ । जुन एक वर्षअघिको तुलनामा १४ हजार एक सय ८९ ले कम हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १३ लाख ७६ हजार पाँच सय ३३ थियो ।

विकास बैंकहरूमा इन्टरनेट बैंकिङ ग्राहकको संख्या पाँच लाख ८४ हजार तीन सय ९९ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा ८७ हजार छ सय नौवटाले बढी हो । गत वर्ष साउनमा यस्तो संख्या चार लाख ९६ हजार सात सय ९० थियो ।

फाइनान्स कम्पनीहरूबाट इन्टरनेट बैंकिङ प्रयोग गर्नेहरूको संख्या १६ हजार ८४ छ । जुन एक वर्षअघिको तुलनामा दुई हजार तीन सय ६१ले बढी हो । गत वर्ष साउनमा फाइनान्स कम्पनीहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १३ हजार सात सय २३ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x