Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ’

‘नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता रहेको बताएका छन् । सोमबार बैंककमा आयोजित ३७औँ एसियन ट्रेड प्रमोसन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरूलाई होटल, थिम पार्क र साहसिक पर्यटन गन्तव्यहरूजस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी दिए ।

अध्यक्ष ढकालले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए । नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि उनले जोड दिएका छन् । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कलाजस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पु¥याएको जानकारी दिए । नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x