हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले असोज ७ देखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समूहको १४ लाख ४६ हजार तीन सय ५९ कित्ता सेयर आज असोज ७ देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।
यस लिलामको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्यूनतम मूल्य एक सय रूपैयाँँ कायम गरेकोले सोभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ । सबैभन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । त्यसपछि पनि सेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । यही प्रक्रियाअनुसार सेयर बाँकी नरहेसम्म सेयर बाँडफाँट हुनेछ ।
लिलामीको सेयरमा आवेदन दिँदा न्यूनतम एक सय कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम भने पूरै सेयरको लागि आवेदन दिन सकिने छ । काठमाडौंभित्र नबिल इन्भेस्टमेन्टको नक्सालस्थित कार्यलयबाट सिलबन्दी फारम लिएर त्यही आवेदन दिन सकिने छ । काठमाडौंबाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सूर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
- अन्तत : २४ सय ७० बिन्दुमा नेप्से
- अर्थमन्त्री पौडेल चीन प्रस्थान
- ईक्यानले बृहत् शैक्षिक मेला आयोजना गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया