कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
मोरङ । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले राससलाई जानकारी दिए ।
प्रदेश सिँचाइ नियमावली, २०८१ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेश नवीकरणीय ऊर्जा नीति, २०८१ स्वीकृत गर्ने, एसियाली विकास बैङ्कको ऋण सहयोगमा र ‘साउदी फन्ड फर डेभलेप्मेन्ट’को सहलगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिँचाइ परियोजनाका लागि वार्ता र सहमति गर्न स्वीकृति दिने, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ कर्मचारीको आर्थिक वर्ष २०८१/८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।
नेपाल स्वास्थ्य सेवा, एघारौँ तहका निर्देशक डा. वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ताजा अपडेट
- फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
- सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य टिकटको व्यवस्था
- धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
- त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
- अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
- दिल्लीकी मुख्यमन्त्री आतिशीले केजरीवालको कुर्सी खाली राखिन्
- ईभीमा अमेरिकी अनुदानबारे डब्लूटीओले अनुसन्धान गर्ने
- दिसानायकाले लिए राष्ट्रपतिको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया