Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर

शाओमीको ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर


काठमाडौं । शाओमीले नेपालमा चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ‘दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ ।

यस चाडपर्व विशेष अफर भदौ ३० देखि कार्तिक ३० सम्म लागू हुनेछ । रेड्मी नोट १३ अब अफरअनुसार नयाँ मूल्य ६/१२८ जीबीको २३ हजार चार सय ९९ रुपैयाँ र ८/२५६ जीबीको २७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यस्तै, रेड्मी नोट १३ प्रोको ८/२५६ जीबीको ३२ हजार नौ सय ९९ रुपैयाँ र १२/५१२ जीबीको ३५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रेड्मी नोट १३ प्रो प्लस ५ जी ८/२५६ जीबीको अफर मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ र १२/५१२ जीबीको ४९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार रेड्मी नोट १३ मा एक सय २० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, एक सय आठ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसरमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड डिस्प्ले, आईपी ६८ रेटिङ भएको हुँदा धुलो र पानीबाट पनि बचाउँछ । यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x