Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल्टिमाको दशैँ अफर

अल्टिमाको दशैँ अफर


काठमाडौं । एसेसरिज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैँको अवसरमा आफ्ना ग्राहकहरूलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, तीन करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ ।

यही असोज ९ देखि असोज २२ गतेसम्म चल्ने १४ दिने दशैँ मेला विभिन्न आकर्षक डिलहरू ‘डिल अफ द डे,’ ‘बाई वान गेट वान,’ र ‘एक रुपैयाँ गेम’ समावेश छन् । अल्टिमाले आफ्ना ग्राहकलाई दशैँ मेलामा अल्टिमाका उत्पादनहरू एक रुपैयाँमा किन्ने मौका दिइरहेको छ । जसका सर्तहरू ५ जना भाग्यशाली खरिदकर्ताहरूले अल्टिमा डटकमडट एनपीबाट एक रुपैयाँमा उत्पादनहरू खरिद गर्न पाउनेछन् । यो अफर सीमित अवधिको लागि हुनेछ । यस्तै, बाई वान गेट वान फ्रि अफरमा अल्टिमा एटम एक सय ९२ मा लागू हुनेछ । ग्राहकले दुई हजार सात सय ९९ रुपैयाँमा दुई एटम एक सय ९२ खरिद गर्न पाउनेछन् । कम्पनीको दैनिक पैसा असुल डिलमा भने ग्राहकलाई ८० प्रतिशतभन्दा बढी छुटको साथ आकर्षक डिलहरू प्रदान गर्दैछ । हरेक दिन १४ डिलहरू उपलब्ध हुनेछ ।

यसैगरी कम्पनीको मलामाल कम्बोहरूमा ग्राहकहरूले ३५ हजार नौ सय ९९ रुपैयाँ पर्ने वेववार २००, वाच एक्टिभ, प्राइम १.० र वुस्ट २० के प्रो मात्र १९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, वेवबार खरिद गर्ने ग्राहकहरूले अल्टिमा एटम १९२ सित्तैमा पाउनेछन् भने घडी किन्दा इयरबड्स सित्तैमा पाउनेछन् । अल्टिमा दशैँ मेलाका अफरहरू अल्टिमाको आधिकारिक वेबसाइट, दराज, खल्ती, ई–सेवा, आईएमई पे, हुकुट, ब्रदरमार्ट निओ स्टोर र जीभमार्फत खरिद गर्न सकिनेछ ।

यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ । यसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् । अल्टिमाले दशैँको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ । यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ, जुन यसको उत्पादनमा नयाँ कोशेढुङ्गा सावित हुने कम्पनीले जनाएको छ ।

प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वेभबार एक सय २० र दुई सय शक्तिशाली स्पिकरहरू एक सय २० वाट र दुई सय वाटको दुई भेरियन्टहरूमा उपलब्ध छन् । यसमा बुस्टर, ब्लुटुथ कनेक्टिभिटी र वास्तविक आरएमएस मद्दत हुनेछ । दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ हुनेछ, एड्भेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र आईपी प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै यो स्मार्टवाचमा भिभिड एमोलेड डिस्प्ले, अल्टिमा एपसहित सात दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन्, जसले सक्रिय जीवनशैलीको प्रदान गर्नेछ ।

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउन्डबक्स एस२० र एस५० समावेश छन्, जुन मार्वल भर्सनको संस्करण हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x