Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन घट्यो बैंकमा मुद्दती खाताको अनुपात ?

किन घट्यो बैंकमा मुद्दती खाताको अनुपात ?


बैंकिङ प्रणालीमा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब ४६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । जसमध्ये मुद्दती खातामा जम्मा भएको कुल निक्षेपको अनुपात ५७ दशमलव १५ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ७४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेकोमा मुद्दती खातामा मात्रै ६० दशमलव ८९ प्रतिशत सङ्कलन भएको थियो । मुद्दती निक्षेप निश्चित समय अवधि तोकेर राखिने र यस्तो खातामा ब्याजदर तुलनात्मकरुपमा बचत खातामा भन्दा बढी भए पनि तोकिएको समय अवधि समाप्त नभएसम्म उक्त रकम भुक्तानी लिन नपाइने भएकाले पनि पछिल्लो समय यस्तो निक्षेपको अनुपात घटेको हो । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंकिङ क्षेत्रमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५७ दशमलव १५, ३० दशमलव १५, पाँच दशमलव १३ र छ दशमलव ८७ प्रतिशत छ । गत आर्थिक वर्ष यस्तो अनुपात क्रमशः ६० दशमलव ८९, २६ दशमलव ५५, पाँच दशमलव १० र छ दशमलव ६० प्रतिशत थियो ।

गत साउन मसान्तसम्म बैंकिङ क्षेत्रमा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्र भएको कुल निक्षेप रकम ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ छ । यसअन्तर्गत ५६ दशमलव ४१ प्रतिशत मुद्दती खाता, ३० दशमलव ४२ प्रतिशत बचत खाता, पाँच दशमलव ५८ प्रतिशत चल्ती खाता र छ दशमलव ८२ प्रतिशत ‘कल डिपोजिट एकाउन्ट’मार्फत जम्मा भएको रकम छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रुपैयाँ रहेकोमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५९ दशमलव ८६, २७ दशमलव शून्य नौ, पाँच दशमलव ६२ र छ दशमलव ४९ प्रतिशत थियो । विकास बैंकहरूले भने चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल पाँच खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेकोमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमशः ६१ दशमलव शून्य नौ, २९ दशमलव ८६, एक दशमलव ६६ र सात दशमलव ३५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब ६१ अर्ब ५९ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दा यस्तो अनुपात क्रमशः ६७ दशमलव ६३, २३ दशमलव ५२, एक दशमलव ३७ र सात दशमलव ४३ प्रतिशत थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा कुल एक खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेकोमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमशः ७१ दशमलव ३५, १९ दशमलव ६८, एक दशमलव १२ र छ दशमलव ८८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब १० अर्ब ६७ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दा यस्तो अनुपात क्रमशः ७२ दशमलव ८३, १७ दशमलव ९५, शून्य दशमलव ७६ र सात दशमलव २३ प्रतिशत थियो । बचत खाता जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको सञ्चालनमा आउने र यस्तो खाता थोरै रकमबाट खोल्न सकिने हुँदा निम्न यस्तो खातामा पछिल्लो समय आकर्षण बढेको देखिएको हो । चल्ती खातामा जति रकम पनि राख्न र झिक्न सकिने र यस्तो खातामा ग्राहकले आफ्नो इच्छाअनुसार बैंक खुलेको सयममा रकम कुनै बेला जति पटक पनि राख्न र झिक्न सक्दछ । यसमा कुनै प्रकारको प्रतिबन्ध हुँदैन । चल्तीखाता र बचत खाता दुवैका विषेशतासहितको खाता कल डिपोजिट खाता हो । यो खातामा बचत खाताको जस्तै ब्याज प्राप्त हुन्छ, जुन बचत खाताको भन्दा सामान्यतया बढी हुने गर्दछ । अर्कोतर्फ आवश्यकताबमोजिम जतिबेला पनि कार्यालय समयमा रकम निकाल्न मिल्छ । त्यही कारण पनि यी दुई खाता भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा सामान्यरुपमा मात्र बढेको देखिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x