Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिरन्तर बढ्दै बैंकहरुको खर्च तलब भत्तामा मात्र महिनामा आठ अर्ब ३७ करोड खर्च

निरन्तर बढ्दै बैंकहरुको खर्च तलब भत्तामा मात्र महिनामा आठ अर्ब ३७ करोड खर्च


अर्थतन्त्रमा देखिएको शिथिलताको कारण कर्जा विस्तार कम हुँदा बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी र नाफामा अपेक्षाकृत वृद्धि नभए पनि बैंक तथा वित्तीय संस्थाको नियमित खर्च भने बढ्दै गएको छ । कर्मचारीको पारिश्रमिक, भत्ता र कार्यालय खर्चमा कटौटी गर्न नमिल्ने भएका कारण बैंकहरुको नियमित खर्च बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका ५४ वटा संस्थाहरुले कर्मचारीको पारिश्रमिक र सञ्चालन खर्चमा मात्र आठ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षको साउन महिनाको तुलनामा ६२ करोड ७० लाख रुपैयाँले बढी हो ।

गत वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले चार अर्ब ७२ करोड ४० लाख र कार्यालय व्यवस्थापनको लागि तीन अर्ब एक करोड ९० लाख रुपैयाँ गरी कुल सात अर्ब ७४ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए । गत साउनमा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको पारिश्रमिकमा पाँच अर्ब २९ करोड ६० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा तीन अर्ब सात करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । गत साउनमा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा चार अर्ब ६७ करोड ३० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा दुई अर्ब ६६ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउनको तुलनामा ५४ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरुले कर्मचारीहरुको तलव भत्तामा चार अर्ब १७ करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा दुई अर्ब ६१ करोड ५० लाख रुपैयाँ गरी कुल छ अर्ब ७९ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए ।

विकास बैंकहरुले गत साउनमा कर्मचारीहरुको तलबभत्तामा ५० करोड ४० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ करोड ६० लाख रुपैयाँ गरी कुल ८३ करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउन महिनाको तुलनामा छ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष साउनमा विकास बैंकहरुले कर्मचारीको तलबभत्तामा ४४ करोड रुपैयाँ र कार्यालय व्यवस्थापनमा ३२ करोड ३० लाख रुपैयाँ गरी कुल ७६ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए । aगत साउनमा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा ११ करोड ९० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा आठ करोड २० लाख रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्ष साउन महिनाको तुलनामा एक करोड ३० लाख रुपैयाँ मात्र बढी हो । गत वर्ष साउनमा फाइनान्स कम्पनीहरुले तलबभत्तामा १० करोड ६० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा आठ करोड २० लाख रुपैयाँ गरी कुल १८ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x