Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ आधार वर्ष तोकेर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्दै राष्ट्र बैंक

नयाँ आधार वर्ष तोकेर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले नयाँ उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ लाई आधार वर्ष मानेर नयाँ उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बुधबार थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्र बैंकले सातवटा प्रदेशअन्तर्गत रहेका ७७ वटै जिल्लालाई समेटेर नयाँ मूल्य सूचकाङ्क सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालय समेतको सहकार्यमा राष्ट्र बैंकले ७७ वटा जिल्लाका ८७ वटा बजारलाई सङ्कलन केन्द्र मान्दै यस्तो तथ्याङ्क सार्वजनिक गर्न लागेको हो । यसमा २१ वटा ग्रामीण क्षेत्रबाट र ६६ वटा सहरी क्षेत्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैंकको भनाइ छ ।

उपभोक्ताको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार गरी पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरिएकोे राष्ट्र बैंकले जनाएको छ ।पहिले प्रयोग नहुने वस्तु अहिले प्रयोग हुने र विगतमा प्रयोग भएका वस्तु अहिले प्रयोग नहुने भएकाले आधार वर्ष परिवर्तन गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए । उपभोक्ता मूल्य सूचकाङ्कमा केही तलमाथि हुने गरे पनि आगामी दिनमा सुधार गर्दै लैजाने पनि गभर्नर अधिकारीले बताए । उनले उपभोगको प्रवृति, मूल्य सङ्कलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गरी उपभोक्ता मूल्य सूचकाङ्क निकालिने बताए ।

यसअघि ५० जिल्लाबाट मात्रै मूल्य सङ्कलन गर्ने गरिएकोमा अब ७७ वटै जिल्लाबाट मूल्य सङ्कलन हुनेछ । यसअघि चार सय ९६ वटा वस्तुको मूल्य हेरिएकोमा अहिले बढाएर पाँच सय २५ पु¥याइएको छ । गभर्नर अधिकारीले २९ वटा मात्रै वस्तु बढेको देखिए पनि त्यसमा एक सय ३५ वटा वस्तु नयाँ रहेको बताए । पुरानोबाट एक सय छवटा वस्तुहरु हटाइएको उनले जानकारी दिए । यसरी वस्तु परिवर्तन हुनु उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोज्नु भएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको तथ्याङ्कलाई पनि स्पष्ट पार्न अन्तर्राष्ट्रिय मापदण्ड बीपीएम सिक्सअनुसार यस्तो सूचकाङ्क सार्वजनिक गर्न थालिएको हो । राष्ट्र बैंकले एक लाख दुई हजारभन्दा बढी मूल्यको भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकाङ्क निकाल्न लागिएको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x