सुपारी, मरिच र केराउको आयात प्रतिबन्ध फुकुवा
सरकारले सुपारी, मरिच र केराउ आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको आयात गर्ने दिने बताएको हो । निश्चित सर्त राखेर उत्पादनमूलक उद्योगलाई सुपारी, केराउ र मरिचको आयात खुला गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विशेषगरी सुपारी, केराउ र मरिच आन्तरिक खपतभन्दा पनि भारतमा तस्कर हुनेहुँदा सरकारले यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ । यी सामग्रीहरूमा सरकारले हरेक वर्षजसो बन्देज लाउने र कहिले सोही वर्ष र कहिले एक÷वर्षको अन्तरालमा आयात खुला गर्नेगरेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । पछिल्लो समय औद्योगिक उत्पादनको लागि सुपारी, केराउ र मरिच आवश्यक परेको भन्दै उद्योगीहरूले आयात खुला गराउन वाणिज्य मन्त्री दामोदर भण्डारी तथा मन्त्रालयका अधिकारीहरूलाई आग्रह गरेसँगै सहजीकरण गरेको उनीहरू बताउँछन् ।
लामो समयदेखि अन्य उद्योगहरूले सुपारी करोउ, मरिच र छोकडा आयात गर्न नपाएको कारण उद्योगहरूले समस्यामा परेको गुनासो गर्दै आएकोमा त्यसलाई समाधान गर्नका लागि मन्त्रलाय अघि बढेको बताइएको छ । उद्योगीहरूले समिति अर्थात् क्षेत्र छुटाएर मात्र ती वस्तुको आयात गर्न दिँदा अन्य उद्योगहरूको समस्यामा परेको उद्योगीहरूको भनाइ थियो । कच्चा सुपारी, केराउ, मरिच र छोकडा प्रयोग हुने उद्योगहरू मुलुकमा प्रशस्त भएको कारणले गर्दा उनीहरूले यसको आयात खुला गर्न माग गर्दै आएका थिए । यसअघि २०७९ असार मसान्तसम्म सुपारी, मरिच र केराउ आयात खुला गर्ने निर्णय गरेको थियो भने सोलगत्तै आयातमा प्रतिबन्ध लगाएको थियो ।
त्यतिखेर सरकारले ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ निर्माण गरी आयात खुला गरेको थियो । यसअघि भने परिमाण तोकेर आयात गर्न दिने व्यवस्था गरे पनि हाल भने आवश्यक पर्नेले जतिसुकै आयात गर्न पाउने व्यवस्था गरेको छ । आयात खुला गरेसँगै तस्करी हुने सम्भावना पनि प्रश्स्त रहेको पाइन्छ । सुपारी, मरिच र केराउमध्ये विशेषगरी भारतीय उद्योगहरूले अत्याधिक सुपारी आवश्यक पर्ने हुँदा र भारतमा बन्देज लगाएको कारणले गर्दा बढी मात्रामा आवश्यक पर्ने व्यवासायीहरू नै बताउँछन् । विगतमा सेटिङमा सुपारी आयात र निर्यात गरेको भन्दै व्यवसायीहरू दिपक पोखरेल, दिनेश राठीलगायतका नाम मुछिएको पाइन्छ । खुला सिमानको फाइदा उठाउँदा सिमानामा रहेका नेपाली तथा भारतीय व्यवसायीको मिलेमतोमा सुपारी, मरिच, केराउ र छोकडालगायतका सामग्रीहरूको तस्करी हुनेगरेको पाइन्छ । नेपाली व्यवसायीहरूले इन्डोनेसियाबाट सुपारी ल्याई भारतमा निर्यात गर्नेगरेको पाइन्छ । यसअघि सरकारले भारतमा निर्यात गर्न नपाइने कार्यविधि समेत निर्माण गरे पनि त्यसको कार्यान्वयन भने भएको पाइँदैन । गत आर्थिक वर्षमा भने एक लाख ५२ हजार रुपैयाँबराबरको ४२ किलोग्राम मरिच, छ लाख ९० हजार रुपैयाँबराबरको एक लाख एक हजार पाँच सय ८४ किलोग्राम केराउ र ४१ करोड २५ लाख ९८ रुपैयाँबराबरको १६ लाख ७९ हजार किलोग्राम सुपारी आयात गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया