Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशट्रकसहितको सामान राजस्वमा: भन्सार एजेन्ट खेतान विवादित

ट्रकसहितको सामान राजस्वमा: भन्सार एजेन्ट खेतान विवादित


विराटनगर । पछिल्लो समय नेपाल भारतबीचको खुला सीमा नाकाबाट व्यापक तस्करी हुने गरेको खुलेको छ । हालै मात्रै भन्सार छली गरी नेपाल ल्याइएको सामानसहित प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको उक्त सामानसहितको ट्रकलाई विराटनगर भन्सार कार्यालयबाट सामान जाँचपास गराएर छोडेको थियो । जाँचपास गरेर छाडेको ती ट्रकलाई प्रहरीले फेरि नियन्त्रणमा लिएपछि भन्सार कार्यालय फेरि विवादमा मुछिएको छ । मोरङ प्रहरीले राजस्व चुहावट गरेको सूचनाका आधारमा विराटनगर महानगरपालिका–१४ बाट ट्रकसहित चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान सुनसरीमा बुझाएको हो । प्रहरीले प्रदेश १–०२–००२ ख ०४१६ ट्रकसहित चालक विराटनगर–१९ का २९ वर्षीय ललित सरदार र ना ४ ख ८८७४ नम्बरको ट्रकसहित चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का ४६ वर्षीय दुखनलाल चौधरीलाई नियन्त्रणमा लिएर राजस्वमा बुझाएको जनाएको छ ।

गत हप्ता ट्रक भारतबाट सामान लिएर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । दुवै ट्रक विराटनगर भन्सार कार्यालयबाट सामान जाँचपास गराएर छुटेका थिए । प्रज्ञापन पत्रमा उल्लेख गरिएकोभन्दा बढी सामान ट्रकमा रहेको र भन्सार मूल्याङ्कन कम गरिएको आशंका प्रहरीले गरेको छ । एक करोड ३५ लाखभन्दा बढी नै राजस्व चुहावट भएको सूचना प्रहरीलाई आएपछि उक्त ट्रक मोरङ प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्रक र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान इटहरीमा बुझाएको छ । उक्त ट्रकमा घरेलु तथा कृषिजन्य सामग्री मात्रै रहेको राजस्व अनुसन्धान सुनसरी स्रोतको भनाइ छ । यसरी भन्सारले जाँचपास गरी छोडेको सामानसहितको ट्रक सामान गन्तव्यसम्म पुर्याउनका लागि बाटोबाट हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ परेपछि सरकारी निकायबीच एक अर्को आरोप पत्यारोप चलेको छ ।

भन्सार एजेन्ट अरुण खेतानको एजेन्ट लगिन नम्बर १८६ बाट इस्टर्न क्लियरिङ फर्वाडिङमार्फत दुवै ट्रकको जाँचपास गराइएको थियो । सो भन्सार प्रज्ञापनपत्र समेत प्रहरीले राजस्व अनुुसन्धानमा बुझाएको थियो । आफू भन्सार नजाने र कर्मचारीबाट माल जाचपास गराएर कमिसन खाने भन्सार एजेन्ट अरुण खेतान पनि अहिले विवादमा तानिएका छन् । उता भन्सार मूल्याङ्कन कम रहेको भन्दै प्रहरीले सामान हित ट्रक नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको भए पनि एउटै प्रज्ञापन पत्रमार्फत दुवै ट्रकको जाँचपास गराइएको कुुरा खुुलेको छ । सामानको आयातकर्ता कम्पनी विराटनगरको बागमती इन्टरप्राइजेज रहेको र बागमती इन्टरप्राइजेजका सञ्चालक लक्ष्मीकुमार राठी भनी प्रज्ञापनपत्रमा देखिएको राजस्वले जानकारी दिएको छ । अब उक्त सामान जाँचपासका क्रममा राजस्व चुहावट गरिएको छ कि छैन भनेर अनुसन्धानपछि मात्रै जानकारी दिन सकिने राजस्व अनुुसन्धान सुुनसरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x