डेङ्गी नियन्त्रण नीति निर्माण गर्न डाक्टर पुनको नेतृत्वमा कार्यदल
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न कार्यदल गठन गरेको छ ।
शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्यसचिव तोकिएका छन् । देशैभर अस्पतालमा डेङ्गीका बिरामी बढेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका थिए । उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ । कार्यदललाई अल्पकालीन तथा दीर्घकालीनरूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ ।
यसैगरी समुदायस्तरमा डेङ्गी नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारी समेत कार्यदलले पाएको छ । डेङ्गीबाट हुने मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउन समेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
- कोसीमा पानीको बहाव घट्दै
- २४ सय ६४ बिन्दुमा खुम्चियो शेयर बजार
- इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका प्रमुख नेताको मृत्यु
- पूर्वरक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने
- चिनियाँ वस्तुमा कर वृद्धिको परिणाम नराम्रो हुने चेतावनी
- भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
- धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा निगम सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया