Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

कुमारी बैंकको दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा


काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको नौ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एक बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको बैंकको भनाइ छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x