Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिप घोषणा

एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिप घोषणा


काठमाडौं । एनएमबी बैंकले भविष्यमा बैंकिङ क्षेत्रको लिडर बन्ने सम्भावना बोकेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबी नेक्सट जेन बैंकिङ लिडरर्स स्करलसिपको घोषणा गरेको छ । बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यार्थीहरूमा अग्रिमरूपमा नेतृत्वशैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबी बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो । विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य एनएमबी बैंकले लिएको छ ।

दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x