Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल एसबीआई बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता


काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालि, धुलिखेलबीच सम्झौता भएको छ । बैंकका अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देवको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक (बजार तथा बिक्री) श्रीमती सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेन्द्र कान्त, सल्लाहकार, छविराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सातवटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x