Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोनपे र कर्मचारी सञ्चय कोषको साझेदारी

फोनपे र कर्मचारी सञ्चय कोषको साझेदारी


ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीयफ) बीच एपीआई आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ । यो इन्टेग्रेसनले, कर्मचारी सञ्चय कोषको एर्प (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ ।

यसो गर्दा, कर्पोरेट भुक्तानीहरू जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको छ ! साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ । यस रणनीतिक साझेदारीको फलस्वरूप अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार; जस्तै होस्ट–टु–होस्ट भुक्तानी इन्टेग्रेसनले कर्पोरेट भुक्तानीहरूको साथ–साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको भन्दै, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामीले डिजिटल भुक्तानी समाधानलाई एकीकृत गरेर, प्रयोगकर्तालाई केवल सुविधा मात्र दिइरहेका छैनौँ, हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रियरूपमा योगदान गरिरहेका छौँ । यो साझेदारीले हाम्रो प्रतिबद्धता अनुरूप वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहकमैत्री बनाएको छ । हामीले यस साझेदारीमार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ ।’

कर्मचारी सञ्चय कोषका कार्यबाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने, ‘फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोषअन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुरु गर्दा हाम्रा सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ । यस साझेदारीले हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x