Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई–स्कुटर प्रदान

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई–स्कुटर प्रदान


काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई दुई वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरूलाई काठमाडौं म्याराथनअन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पीआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेको हो ।

योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो । जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ । उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामूहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए । विजेताहरूलाई प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाएबापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौँ म्याराथनका लागि तयार पार्न मद्धत गरेको छ । यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरूको परिवारको निम्ति सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x