अन्तरबैंक कारोबार घट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम बढेको भए पनि कर्जाको माग बढेको छैन । त्यसैले प्रणालीमा अधिक तरलता छ । जसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न किसिमका मौद्रिक उपकरणहरू जारी गरेर वित्तीय प्रणालीबाट रकम प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकले ठूलो रकम तानेर लगेपछि बैंकहरूबीच हुने अन्तरबैंक कारोबार घटेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार साउनमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल ५२ अर्ब १५ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरूले ६५ करोड गरी कुल ५२ अर्ब १५ करोडको कारोबार गरेका छन् ।
गत साउनमा भएको अन्तरबैंक कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ खर्ब तीन अर्ब रुपैयाँले कम हो । गत वर्ष साउनमा कुल छ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो । जसमध्ये वाणिज्य बैंकहरूले मात्र पाँच खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले ९३ अर्ब ७७ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
पछिल्लो समय अन्तरबैंक कारोबार रकम घटेकै आधारमा बैंकिङ क्षेत्रमा भारित औसत ब्याजदर पनि घटेको छ । जसअनुसार ०८० साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ९२ प्रतिशत रहेकोमा २०८१ साउनमा यस्तो ब्याजदर घटेर दुई दशमलव ९४ प्रतिशतमा सीमित भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० साउनमा पाँच दशमलव ८७ प्रतिशत रहेकोमा २०८१ साउनमा दुई दशमलव ९९ प्रतिशत रहेको छ । २०८१ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव ६१ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव २८ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ११ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ८७ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव २८ प्रतिशत रहेको थियो । २०८१ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ६६ प्रतिशत, विकास बैंकहरूको छ दशमलव ४६ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ७१ प्रतिशत रहेको छ ।
२०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ प्रतिशत रहेको छ । यस अवधिमा विकास बैंकहरूको भारित औसत ब्याजदर नौ दशमलव २८ प्रतिशत रहेको थियो भने फाइनान्स कम्पनीहरूको १० दशमलव १३ प्रतिशत कायम भएको थियो । त्यसैगरी २०८१ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ६८ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव शून्य सात प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ३२ प्रतिशत रहेको छ । २०८० साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ८८ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६६ प्रतिशत थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया