राहत कोषमा सिटिजन्स बैंकको २५ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरूको राहतको उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको राहत र पुनस्र्थापनाको लागि सहयोग प्रदान गरेको छ । सहरी विकास मन्त्रालयमा आईतबार आयोजित एक कार्यक्रम बीच कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । समाहरोमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप एक करोड प्रदान गरेको थियो र कर्णाली प्रदेशको जाजरकोटमा मिति २०८० कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग प्रधान गरेको थियोे । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया