रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि प्रयोग भएन
महेन्द्र शाही
सोलुखुम्बु, असार १९
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको एम्बुलेन्स दुई वर्षदेखि सदरमुकाम सल्लेरीको सडकमा बेवारिसे अवस्थामा रहेको छ । भारतीय दूतावासद्वारा करिब ११ वर्षअघि रेडक्रसलाई सहयोगस्वरुप प्राप्त भएको एम्बुलेन्स करिब दुई वर्षदेखि सल्लेरीको सडकमा बेवारिसे बनेको हो । बिग्रेको एम्बुलेन्स मर्मत गर्नुको साटो सडकको भित्तामा राखिएको छ । यसलाई मर्मत गर्नका लागि पनि दाताको खोजी भइरहेको बताइएको छ । दाताले दिएको सामान मर्मत गर्नका लागि पनि दाता नै खोज्नुपर्ने अवस्था आउनु दुःखद भएको स्थानीयको भनाइ छ ।
बा.७च ३८५७ नम्बरको एम्बुलेन्स जिल्लाकै पहिलो एम्बुलेन्स हो । उक्त एम्बुलेन्स भारतले आफ्नो स्वतन्त्रताको उपलक्ष्यमा वि.सं. २०५५ साल फागुनमा रेडक्रस सोसाइटी सोलुखुम्बुलाई हस्तान्तरण गरेको थियो । यो एम्बुलेन्स भारतीय दूतावासले सहयोग गरेको रेडक्रस सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठले जानकारी दिए । करिब नौ वर्ष सञ्चालन भएको एम्बुलेन्स मर्मतका लागि ठूलो धनराशि खर्च हुने भएकाले दाताको खोजीमा रहेको रेडक्रस जिल्ला शाखा सोलुखुम्बुका सभापति रामकाजी श्रेष्ठको भनाइ छ । उनका अनुसार उक्त एम्बुलेन्स मर्मतका लागि छ लाख ४१ हजारबराबरको लागत लाग्ने अनुमान गरिएको छ ।
नयाँ खरिदका लागि करिब १२ लाख रुपैयाँ पर्ने एम्बुलेन्स मर्मत खर्च नै छ लाख ४१ हजार रुपैयाँ लाग्ने भएपछि समस्या भएको उनको भनाइ छ । लामो समय ग्रामीण भेगमा सञ्चालन भएका कारण इन्जिन लगायतका अन्य पाटपुर्जा बिग्रिएको सभापति श्रेष्ठले बताए । दुई वर्षसम्म बेवारिसे अवस्थामा राख्नुभन्दा कि मर्मत गर्नुपर्ने कि त यसलाई अर्को व्यवस्था गरी नयाँ खरिद गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
- बैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध
- महालक्ष्मी विकास बैंकको तीन महिनाको नाफा नौ करोड
- सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड
- ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड ११ लाख
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया