Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशअख्तियार सुुनसरीको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण

अख्तियार सुुनसरीको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण


विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको प्रादेशिक कार्यालय कोशीले ३४औँ वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगको सुुनसरीस्थित कार्यालयका प्रमुख आयुुक्त सुरेश न्यौपानेले सोमबार प्रदेश प्रमुख खापुङलाई आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको हो । प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र अनुशासन कायम गर्न आयोगको भूमिका अझ महत्वपूर्ण हुँदै गएको बताए । भ्रष्टाचार वृद्धिले मुलुकको विकासमा अवरोध सिर्जना गर्ने भएकोले यसलाई नियन्त्रण गर्नु अतिआवश्यक रहेकोतर्फ गम्भीर भएर लाग्न पनि उनले अख्तियारलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा आयोगको इटहरी कार्यालयका प्रमुख न्यौपानेले मुलुकमा हुने भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने राज्यको नीति कार्यान्वयन गर्न निर्भीकता, निष्पक्षता र तटस्थताका साथ कार्य सम्पादन गर्ने मुख्य दायित्व आफ्नो जिम्मेवारी रहेको बताएका थिए । सो अवसरमा आयोगको इटहरी कार्यालयमा गत आर्थिक वर्षमा अघिल्लो आवबाट जिम्मेवारी सरेको सात सय ४३ उजुरीसहित कुल दुई हजार आठ सय २९ बटा उजुरी कायम हुन आएको बताए । गत आवमा दुई हजार ८६ नयाँ उजुरी दर्ता भएका थिए । यस्तै, दुई हजार दुई सय ८१ उजुरी फछर्याैट गरेको उनले जानकारी दिए । आयोगले ८० दशमलव ६३ प्रतिशत उजुरी फछर्यौट गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x