Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव बुधबारदेखि हुने

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव बुधबारदेखि हुने


काठमाडौं । राजधानीमा बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दशैँ महोत्सव २०८१ आयोजना हुने भएको छ । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सो मेला हुन लागेको हो । यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले केही दिनपछि धकेलिएको आयोजक पक्षले जनाएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्तरूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो । सो मेला असोज १६ देखि २३ गतेसम्म चल्नेछ । मेलामा काठमाडौँ जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको प्रदर्शनी गरिने जनाइएको छ ।

लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टल मेलामा रहने आयोजकले जानकारी दिएको छ । साथै, अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सवलगायतका कार्यक्रम समेत हुनेछन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x