बाल शल्य चिकित्साका लागि शाह परिवारको सहयोग
काठमाडौं । विजय कुमार शाहको परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि चार करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
शाह परिवारले आइतबार पहिलो चरणमा एक करोड रुपैयाँ केआईओसिएचलाई प्रदान गरिसकेको छ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने जनाइएको छ । यस्तै, शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसीयू नामाकरण गरिने जनाएको छ । गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजीआईएनएफ)ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । यद्यपि, यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको हो । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी तीन करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिकरूपमा प्रदान गरिने जनाइएको छ ।
यस नयाँ पीएसआईसीयू र डे केयर सर्जरी शाखाद्वारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ । स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जाने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया