Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट

श्रीलंकामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट


कोलम्बो । आर्थिक सङ्टकमा परेको श्रीलंकाको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक शून्य दशमलव पाँच प्रतिशतमा झरेको छ ।

जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा शून्य दशमलव पाँच प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैरखाद्य दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक दुई दशमलव एक प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो ।

दुई वर्षअघि श्रीलंकामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौँसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायीरूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमासिंघेले दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को राहत प्याकेज प्राप्त गरे र अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गरे । यसै महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिंघे पराजित भए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x