मेलुङमा लिफ्ट प्रविधिसहितको प्रशासनिक भवन निर्माण हुने
दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले लिफ्ट प्रविधिसहितको सुविधा सम्पन्न गाउँपालिका प्रशासनिक भवन निर्माण गर्ने भएको छ । पालिकाले १८ महिनाभित्र निर्माण सक्नेगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको छ ।
पालिकाले १२ करोड ५३ लाख लगानीमा ठेक्कामार्फत भवन निर्माण सुरु गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिए । हाल भवनको पहिलो तलामा ढलान गर्ने तयारी थालिएको उनले बताए । मौसमले साथ दिए यही साताभित्र पहिलो तलाको ढलान सकिने बताए । उनका अनुसार गत वैशाखमा ठेक्का लगाएर भवन निर्माणलाई तीव्रता दिएको हो । गाउँपालिकाभित्रका सेवाग्राही नागरिकलाई एउटै स्थानबाट सेवा दिने उद्देश्यले साढे तीन तलाको सुविधा सम्पन्न अत्याधुनिक लिफ्ट प्रविधिको पक्की आरसीसी भवन निर्माण थालिएको हो ।
हाल पालिकाले अस्थायी भवनबाट सेवा प्रवाह गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन् । भवन नहुँदा सेवाग्राहीलाई समेत सेवा लिन समस्या भएको उनले बताइन् । जग्गा नहुँदा भवन निर्माणमा केही समय लागेको उनले जानकारी दिइन् । गाउँपालिकाका प्रमुख इन्जिनियर सुमन नेपालका अनुसार निर्माणाधीन भवनको गुणस्तरीयताको लागि नियमित अनुगमन गरिरहेको सुनाए । उनका अनुसार नयाँ बन्ने प्रशासनिक भवनमा न्यायिक समितिको इजलास, कार्यपालिका मिटिङ हल, सभागोष्ठी, कार्यक्रम हल, पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र गाउँ कार्यपालिकाको सबै शाखाहरूको व्यवस्थापनसहितको लागि २२ कोठाको हुनेछ । भवन निर्माणकाको जिम्मा निर्माण कम्पनी शिम्पानी सनस्ट्रार दिव्यशवरी जेभीले लिएको छ ।
क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया