पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी
दोलखा । दोलखाको पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी आयोजना गरिएको छ । चरिकोट मिडिया फाउण्डेशनको आयोजनामा सदरमुकाम चरिकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।
विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गतेदेखि फोटो प्रदर्शनी भइरहेको चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष जीवन लामाले बताए । संस्कार, संस्कृतिमा दोलखा विषयक र संस्कृति विधामा फोटो प्रदर्शनीमा ४० वटा फोटो राखेका छन् । दोलखामा रहेका आदिवासी जनजातिहरू सुरेल, जिरेल, थामी, तामाङ, शेर्पा, नेवार, सुनुवारलगायतका चाडपर्व, संस्कृतिलाई समेटिएर फोटो राखिएको फाउन्डेसनका अध्यक्ष लामाले जानकारी दिए । आदिवासी जानजातिको साथै क्षेत्री बाहुनका संस्कार संस्कृतिलाई समेत समेटिएर फोटो राखिएको छ ।
फोटो प्रदर्शनीले दोलखामा रहेका विभिन्न जातजातिको संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षण हुनुका साथै पर्यटन क्षेत्रको समेत विकास हुने राष्ट्रिय फोटो पत्रकार समूह दोलखाका अध्यक्ष प्रलाद आचार्यले जानकारी दिए । फोटो प्रदर्शनीलाई सफल बनाउनको लागि रूपकला चरिकोटले साथ दिएको अध्यक्ष आचार्यको भनाइ रहेकोे छ । साथै, होटल एन्ड टुरिज्म इन्टरप्रेनियर्स एसोसिएसन चरिकोट दोलखाले पनि फोटो प्रदर्शनीमा पार्टनर रहेको छ । यसअघि पनि चरिकोट मिडिया फाउन्डेसनले फुल सुरुदेखि अन्त्यसम्म विधामा फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।
क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया