इजरायलमाथि इरानको आक्रमण, पाँच सय मिसाइल प्रहार
जेरुसेलम । इरानले मंगलबार राति १० बजे इजरायलमा सयभन्दा बढी मिसाइल प्रहार गरेको छ । इजरायली सरकारले आफ्ना नागरिकहरूलाई बम सेल्टरमा जान आग्रह गरेको छ । देशभर साइरन बजिरहेको छ । अमेरिकाले केही घण्टाअघि हमला भएको दाबी गरेको थियो ।
आक्रमणपछि इरानले नसरल्लाहको सहिदको यो पहिलो बदला भएको बताएको छ । यो त सुरुवात मात्र हो । जेरुसेलम पोस्टका अनुसार इजरायलमा पाँच सयभन्दा बढी मिसाइल प्रहार गरिएको छ ।
इजरायल रक्षा बल (आईडीएफ)का अधिकारीले भने, ‘इजरायलको वायु रक्षा प्रणाली सक्रिय छ । उसले धम्कीहरू पत्ता लगाउँदैछ र आवश्यक परेको ठाउँमा रोक्छ ।’ अर्कोतर्फ इरानको रिभोलुसनरी गार्डले यो इजरायलविरुद्ध बदलाको सुरुवात भएको बताएको छ ।
बाइडेनले इरानको आक्रमणको बीचमा आपत्कालीन बैठक बोलाएकोे ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेट गरेका छन् । उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो । यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया