Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको निःशुल्क स्वास्थ्य जाँच शिविर

एनएमबी बैंकको निःशुल्क स्वास्थ्य जाँच शिविर


काठमाडौं । एनएमबी बैंक लिमिटेडले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । बैंकले ग्राहक तथा समुदायका सदस्यलाई मध्यनजर गर्दै विश्‍व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरू र समुदायमा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्‍द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको जानकारी दिएको छ ।

एनएमबी बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्‍यनजर गर्नुपर्ने विश्‍वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्‍नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरू उपलब्ध गराए । साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रवाह गरियो ।

दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x